• Menu

सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग

नेपाल प्रफिट

२०८२ जेठ १२, ११:४३

सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कर्णाली प्रदेशको सुर्खेतबाट एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानवअधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तीकरणका लागि काम गर्दै आएको आवाज नेपाललाई सहयोग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत करिब ४० जना महिला र बालबालिकालाई सहयोग गरिरहेको आवाजलाई बैंकले करिब दुई महिनासम्म पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्री उपलब्ध गराएको हो ।

संस्थामा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले महिला र उनका बालबालिकालाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । कार्यक्रममा सीईओ पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड  ‘बैंक अफ दि इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।

साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायतका क्रस बैंक टेलर सुविधा, जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशका ६१ जिल्लामा फैलिएका २ सय शाखा कार्यालय, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्