• Menu

मधेस प्रदेशमा निर्जीवन बिमाबाट ९ महिनामा दुई अर्ब १५ करोड संकलन

नेपाल प्रफिट

२०८२ जेठ ११, ११:०६

मधेस प्रदेशमा निर्जीवन बिमाबाट ९ महिनामा दुई अर्ब १५ करोड संकलन

पर्सा । नेपाल  बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन  बिमातर्फ दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क संकलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी  बिमालेख संख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ ।

निर्जीवन बिमातर्फ सात हजार १२४ संख्याले एक अर्ब ६० करोड २६ लाख रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई एक अर्ब आठ करोड ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।

नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले  बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरिन् । ‘हामीले बिमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ,’ उनले भनिन्, ‘आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।’

कार्यालयले चालु आवको नौ महिनामा जीवन  बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रकम संकलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६७० वटा जीवन बिमाको बिमालेख संख्या रहेको छ ।

जीवन बिमा शुल्क संकलनमा मधेस प्रदेशको हिस्सा ९.२४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बिमातर्फको दाबी भुक्तानी संख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ ।

कार्यालयले गत आवमा भने जीवन बिमातर्फको दाबी भुक्तानी संख्या २१ हजार ९०४ संख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार