एजेन्सी । इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी गर्दै इजरायली आक्रमणअघि गाजा सहरको पश्चिममा रहेको अल-रिमल वरपरका क्षेत्र तत्काल खाली गर्न आग्रह गरेको छ ।
आइडिएफ अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रकाशित चेतावनीमा संलग्न नक्सा अनुसार चेतावनी दिइएको स्थानहरूमा विद्यालय र अस्पताल परिसरहरू समावेश छन् ।
अद्राईले हमासले ‘आतंकवादी गतिविधिहरू’ का लागि यी नागरिक क्षेत्रहरूको शोषण गरिरहेको उल्लेख गर्दै आइडिएफले ठूलो बलका साथ क्षेत्रहरूमा आक्रमण गर्ने पुष्टि गरे ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पराजित गर्ने प्रयासका साथ अगाडि बढ्नका लागि आगामी दिनमा इजरायली सेना ‘पूर्ण बलका साथ’ गाजामा प्रवेश गर्ने मंगलबार चेतावनी दिएपछि निकासी आदेश आएको हो ।