• Menu

स्मार्ट च्वाइस टेक्नोलोजिज र सालपा विकास बैंकबीच सम्झौता

नेपाल प्रफिट

२०८२ जेठ १, १०:०१

स्मार्ट च्वाइस टेक्नोलोजिज र सालपा विकास बैंकबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सालपा विकास बैंकबीच एससीटी-यूपीआई कार्ड जारी गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतामा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सालपा विकास बैंकका ग्राहकका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु भएको छ । ग्राहकले आउने दिनहरूमा सजिलै बैंकबाट एससीटी-यूपीआई कार्ड लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्