• Menu

जेठका लागि १४ बैंकको ब्याजदर स्थिर, सिद्धार्थसहित तीनवटाले बढाए, एभरेस्टले दिन्छ सबैभन्दा धेरै

नेपाल प्रफिट

२०८२ वैशाख ३१, बुधबार १३:०४

जेठका लागि १४ बैंकको ब्याजदर स्थिर, सिद्धार्थसहित तीनवटाले बढाए, एभरेस्टले दिन्छ सबैभन्दा धेरै

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको नयाँ सूची सार्वजनिक गरेका छन् । नयाँ सूचीअनुसार १४ वटा बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन् । त्यस्तै तीनवटाले बढाएका छन् भने तीनवटाले घटाएका छन् ।

नेपाल, एभरेस्ट र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा ब्याजदर सामान्य बढाएका छन् भने नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थ बैंकले सामान्य घटाएका छन् ।

समग्रमा व्यक्तिगत मुद्दतीमा बैंकहरुले दिने औसत ब्याजदर भने घटेको छ । वैशाखमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठका लागि ५.९५२ प्रतिशतमा झरेको छ ।

जेठका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकको ५.४५ प्रतिशत छ भने सबैभन्दा धेरै एभरेस्टको ६.६४ प्रतिशत छ ।

पुँजीकोषको दबाब नरहेको र तरलता पर्याप्त रहेका बैंकले ब्याजदर स्थिर राखेका छन् या घटाएका छन् । कतिपय बैंक लागत घटाउनुपर्ने दबाबमा छन् ।

बैंकहरुले लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही बढी ब्याज दिएका छन् भने छोटो अवधिको मुद्दती निक्षेपमा केही कम ब्याजदर दिएका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा लागत घट्न गई आधार दर पनि घट्ने भएकाले कर्जाको ब्याजदर पनि घट्छ ।

प्रतिक्रिया दिनुहोस्