• Menu

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढ्यो

नेपाल प्रफिट

२०८२ वैशाख ३१, बुधबार ११:४८

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेर एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३२ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्