• Menu

काठमाडौंको मखनटोलमा लागेको आगो नियन्त्रणमा

नेपाल प्रफिट

२०८२ वैशाख ३१, बुधबार ११:२४

काठमाडौंको मखनटोलमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ मखनटोलमा बुधबार बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो ।

काठमाडौं र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्