• Menu

शिवम् सिमेन्टको खुद नाफामा सतप्रतिशत वृद्धि

नेपाल प्रफिट

२०८२ वैशाख ३०, ११:२६

शिवम् सिमेन्टको खुद नाफामा सतप्रतिशत वृद्धि

काठमाडौं । शिवम् सिमेन्टले उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको हव । कम्पनीले गरेको नाफा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ९६.०८ प्रतिशत बढी हो ।

गत वर्षको साउनदेखि चैतसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानी ४ रुपैयाँ ३७ पैसाबाट बढेर ९ रुपैयाँ ७९ पैसा पुगेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा छ भने मूल्य आम्दानी अनुपात ५३.२३ गुणा रहेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशत घटेको छ भने कुल नाफा ३१.४३ प्रतिशत बढेको छ ।

त्यस्तै, कम्पनीको अन्य आम्दानी २७.१० प्रतिशत र अन्य खर्च ७.८० प्रतिशत घटेको छ । पाँच अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको शिवम् सिमेन्टको जगेडा कोषमा ४ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्