• Menu

६ महिना मात्रै खुल्ने यारी भन्सारबाट ७ लाख राजस्व संकलन

नेपाल प्रफिट

२०८२ वैशाख २९, ११:२९

६ महिना मात्रै खुल्ने यारी भन्सारबाट ७ लाख राजस्व संकलन

हुम्ला । हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले सात लाख ५५ हजार राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा सात लाख रुपैयाँ राजस्व संकलन गरेको ६ महिना मात्रै खुल्ने यारी भन्सारबाट ७ लाख राजस्व संकलनका प्रमुख रामराज जैसीले बताए । कार्यालयको यो आर्थिक वर्षमा ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको भए पनि हालसम्म सात लाख संकलन भइसकेको प्रमुख जैसीले बताए । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उनको भनाइ छ ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लाङ्केट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व संकलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए । चालु आर्थिक वर्षभित्र अझै राजस्व थप हुने अनुमान गरिएको छ ।

हिल्सा नाका भएर विभिन्न सामग्री आयात गर्ने यहाँका नियमित दश जना व्यापारी छन् । उनीहरुले एक वर्षमा दुई पटकसम्म चीनबाट सामान ल्याउने गरेका छन् । व्यापारीहरुले एक पटक ल्याएको विभिन्न सामानबाट ४५ हजारसम्म राजस्व तिर्ने गर्ने गरेका छन् ।

चीनमा काम गर्न गएका कामदारले १५ हजारसम्मको घरायसी सामान ल्याउनेलाई राजस्व छुट दिइएको छभने त्यसभन्दा माथिको मूल्यका सामान ल्याउनेबाट राजस्व लिने गरिएको छ ।

चीनबाट हिल्सासम्म सामान ल्याउन साना व्यापारीले कामदार पठाउने गरेका छन् । ठूला व्यापारीले उतैबाट सामान सिल गरेर गाडीमार्फत हिल्सासम्म ल्याउने गरेको उनले बताए ।

यस नाकाबाट आर्थिक वर्ष २०८०/८१ मा २२ लाख राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा भने १४ लाख राजस्व संकलन भएको थियो । यारी नाका भन्सार कार्यालय वर्षको ६ महिना मात्रै सञ्चालन हुने गरेको छ । हिउँदयाममा हिमपात भएर नाका ६ महिना बन्द हुने र छ महिना खुल्ने गरेको छ । यही वैशाख १३ गतेदेखि यारी नाका भन्सार कार्यालय सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्