• Menu

नयाँ ढंगले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८२ वैशाख २८, १४:३९

नयाँ ढंगले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढंगले मल कारखाना स्थापना बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताएका हुन् । उनले नयाँ विधिबाट फोहरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिए ।

प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तरराष्ट्रिय रुपमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्