• Menu

श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ को मृत्यु, ६ जना घाइते

नेपाल प्रफिट

२०८२ वैशाख २६, शुक्रबार १४:२६

श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ को मृत्यु, ६ जना घाइते

एजेन्सी । श्रीलंकाली वायु सेनाको हेलिकप्टर र शुक्रबार  देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुँदा ६ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन् ।

वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् ।  अन्य ६ जना घाइतेहरुको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताएका छन् ।

यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए ।

श्रीलंकाली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्