काठमाडौं । छिमेकी राष्ट्र पाकिस्तानसँगको बढ्दो तनावलाई मध्यनजर गर्दै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेलहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।
बीसीसीआईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको जनाएको हो ।
यसअघि बिहीबार राति हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि यही तनावका कारण बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
बोर्डका अनुसार हालसम्म जारी सिजनमा कुल ७४ मध्ये ५८ खेल सम्पन्न भइसकेका छन् भने १६ खेल बाँकी छन् ।