• Menu

मिश्र र प्रसाईंसहित २३ जनामाथि ५ दिनको म्याद थप

नेपाल प्रफिट

२०८२ वैशाख २५, २२:४५

मिश्र र प्रसाईंसहित २३ जनामाथि ५ दिनको म्याद थप

काठमाडौं । राज्यविरुद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी पसिसर काडमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले उनीहरुलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएकामा अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी पसिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेकामा आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान थालिएको छ । बयान ढिला भएकाले आपराधिक उपद्रव कसुरमा पछि नै अनुसन्धान थालिएको हो ।

संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका अन्य २८ जनाको हकमा भने ७ दिनको म्याद थप भएको बोहराले जानकारी दिए ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्