काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से १२.०४ अंकले घटेर २६६१.०४ विन्दुमा झरेको हो ।
बिहीबार कारोबार रकम भने बढेको छ । बुधबार १० अर्ब ५१ करोडको कारोबार भएकोमा बिहीबार बढेर ११ अर्ब ६५ करोडको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १४ करोड रूपैयाँले बढेको हो । आज ३१५ वटा कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा परिसूचकमध्ये ६ वटाको मूल्य बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ४.१६ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंक ७.०६ र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ६.३६ प्रतिशत घटेको छ ।
बिहीबार ९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्समा सकारात्मक सर्किट लागेको छ ।
बिहीबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार ६ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।