• Menu

राजावादीद्वारा जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

नेपाल प्रफिट

२०८२ वैशाख २५, १४:२९

राजावादीद्वारा जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा  बिहीबार आयोजित पत्रकार सम्मेलनमा राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि देशव्यापी अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने जानकारी दिए ।

संयोजक सुवेदीले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण ढंगले अगाडि बढ्नेछ। भद्र अवज्ञा र सत्याग्रह जस्ता विधिहरू हामीले अपनाउनेछौँ।’

उक्त घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, तथा पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्