• Menu

हरिचौर-मल्म-पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै

नेपाल प्रफिट

२०८२ वैशाख २५, ११:४७

हरिचौर-मल्म-पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’अन्तर्गत हरिचौर-मल्म-पाण्डवखानी सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।

चालु आर्थिक वर्षमा ८ किलोमिटर स्तरोन्नति गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । संघीय सरकारबाट प्राप्त ४० करोडको लागतमा स्तरोन्नति थालिएको हो ।

हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको उक्त कार्यालयका इञ्जिनियर सागर भण्डारीले राससलाई बताए । ८ किलोमिटरमध्ये ४ किलोमिटर कालोपत्रका लागि तयार भएको छ । बाँकी भागमा सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण, टोव पर्खाल लगाउनेलगायत काम जारी छ ।

गलकोटको हरिचौरदेखि सुरु भएको सडक मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीखोला हुँदै प्युठान जोडिन्छ । यो सडक ४० किलोमिटर लामो छ । सडकको सुरु विन्दुबाट काम थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्