• Menu

हाफ हेभनको अफर : भक्तपुरको कोलोनीमा घडेरी बुक गर्ने ५ जनालाई मिनी ईभी सेरेस ई-१ उपहार

नेपाल प्रफिट

२०८२ वैशाख २४, बुधबार १६:१५

हाफ हेभनको अफर : भक्तपुरको कोलोनीमा घडेरी बुक गर्ने ५ जनालाई मिनी ईभी सेरेस ई-१ उपहार

काठमाडौं । हाफ हेभन कोलोनी भक्तपुरमा घर वा जग्गा बुक गर्नेहरूले मिनी ईभी उपहार पाउने भएका छन् । कम्पनीले नयाँ वर्ष २०८२ को अवसरमा कोलोनीमा घडेरी वा घर खरिद गर्ने पहिलो ५ जनालाई मिनी ईभी उपहार दिने भएको हो ।

द पारामारियो ग्रुप अफ कम्पनी र खड्का एड्भेन्चरको सहकार्यमा भक्तपुरको छालिङमा १५६ रोपनी जग्गामा ३७२ वटा  घरघडेरीसहितको परियोजना सञ्चालन गरिएको छ । त्यसमध्ये ४६ रोपनी जग्गा बाटो, खुला क्षेत्र र पार्कका लागि छुट्ट्याइएको छ ।

कम्पनीले सप्तान्त अफरअन्तर्गत जग्गा बैना गर्ने पहिलो ५ जनालाई एमएडब्लू वृद्धि मोटर्स प्रालिले आयात गरेको ईभी गाडी घडेरी बैना गरेकै दिन दिने जनाएको छ । यो योजना वैशाख मसान्तसम्मका लागि लागू हुनेछ । त्यसपश्चात अफरलाई निरन्तरता दिने नदिने अर्को निर्णय हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ उपत्यकाका सबै मुख्य सहरबाट बढीमा आधा घण्टाको यात्रामा पुगिने शान्त वातावरण र मनोरम दृश्यसहितको कोलोनीले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृति प्राप्त गरेको छ । कोलोनीमा घरघडेरी बुझ्न जाने भिजिटरहरूमध्येबाट एक जनालाई गोलाप्रथामार्फत् एउटा घडेरी उपहार दिने कम्पनीले जनाएको छ ।

कोलोनीमा २० देखि २६ फुटको कालोपत्रे बाटो, हेलिप्याड, स्विमिङ पुल, ढल, बिजुली, खानेपानी, रिसोर्ट, मार्टलगायत सुविधा उपलब्ध हुने जनाइएको छ । हाल यहाँ जमिन तयार गर्नेसहित आवश्यक तयारी भइरहेको छ भने भदौबाट घर निर्माण सुरु हुनेछ ।

कम्पनीले जग्गा खरिदमा १५ वर्षका लागि ९ प्रतिशत ब्याजदरमा ६० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराएको छ । कम्तीमा ३ आना २ पैसाभन्दा माथिका टुक्रा उपलब्ध रहेको कोलोनीमा हरेक घडेरी खरिदकर्तालाई यामाहाको स्कुटर उपहार दिने पनि कम्पनीले स्पष्ट पारेको छ ।

चलनचल्तीको मूल्यमा सेवाग्राहीले घडेरी किन्न सक्ने कम्पनीले जनाएको छ । मैतीदेवीस्थित सस्तो घरजग्गा खरिद बिक्रीको कार्यालयमा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्