• Menu

प्रभु महालक्ष्मी लाइफका अभिकर्ताको ‘डिलाइटफुल सौराहा’ कार्यक्रम

नेपाल प्रफिट

२०८२ वैशाख २४, बुधबार १२:५२

प्रभु महालक्ष्मी लाइफका अभिकर्ताको ‘डिलाइटफुल सौराहा’ कार्यक्रम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुको डिलाइटफुल सौराहा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहामा वैशाख १८, १९ र २० गते गरी तीन दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रममा अभिकर्ताहरु ‘डिलाइटफुल सौराहा’ मा सहभागी भएका हुन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्बोधन गरी कार्यक्रमको सुरुवात गरेका थिए । कम्पनीमा आबद्ध तीन सयभन्दा बढी अभिकर्ताको उपस्थिति रहेको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्रान्ड एम्बेसडर मनोज गजुरेलको प्रस्तुति रहेको थियो । त्यसैगरी लोकप्रिय सदाबहार गायक सुगम पोखरेल एवं द बाजागाज टिमको लाइभ सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनक थपिएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्तालाई निरन्तर विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्