• Menu

सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढ्यो

नेपाल प्रफिट

२०८२ वैशाख २३, ११:४२

सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढ्यो

काठमाडौं  । नेपाली बजारमा  मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको हो ।

सोमबार, सुन प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको भाउमा पनि आज बढेको छ । महासंघका अनुसार चाँदी तोलामा ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको

प्रतिक्रिया दिनुहोस्