• Menu

नेप्सेमा गिरावट जारी, कारोबार रकम पनि खुम्चियो

नेपाल प्रफिट

२०८२ वैशाख २२, १७:११

नेप्सेमा गिरावट जारी, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पनि घटेको छ । आइतबार २६२० अंकमा बन्द भएको नेप्से आज  ९.९८ अंकले घटेर २६१०.४० अंकमा झरेको हो ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ७ अर्ब ६३ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।

सोमबार नेप्सेका उपसूचकहरू मध्ये फाइनान्स समूह सबैभन्दा बढी ०.९७ प्रतिशतले घटेको छ । विकास बैंक ०.७६ र उत्पादनमूलक समूहमा  ०.८८ प्रतिशतले घटेको छ । यस्तै, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहमा भने सामान्य वृद्धि देखिएको छ ।

सोमबार नेपाल माइक्रोइन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फन्ड, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ङादी ग्रुप पावर, युनिभर्सल पावर र राधी विद्युत कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्