• Menu

भयंकर कार दुर्घटनामा परे पवनदीप राजन

नेपाल प्रफिट

२०८२ वैशाख २२, १६:३४

भयंकर कार दुर्घटनामा परे पवनदीप राजन
इन्डियन आइडल सिजन १२ को ट्रफी उचाल्दाको तस्बिर ।

एजेन्सी । इन्डियन आइडल सिजन १२ का विजेता एवं गायक पवनदीप राजन भयंकर कार दुर्घटनामा परेका छन् । सोमबार बिहान ३:४० बजे अमरोहामा भएको दुर्घटनामा उनलाई गम्भीर चोट लागेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

पवनदीप राजन परेको दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ । तर, समाचारहरुमा उल्लेख भएअनुसार पवनदीपको बायाँ खुट्टा र दाहिने हातमा गम्भीर चोट लागेको छ । दुर्घटनामा कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

पवनदीप राजन उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् । पवनदीपको संगीत यात्रा २०१५ मा द भ्वाइस इन्डियामा उनको जितसँगै सुरु भएको थियो ।

त्यसपछि उनले इन्डियन आइडल १२ जिते । पवनदीपले इन्डियन आइडल १२ को ट्रफीसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार राशि पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्