• Menu

नीति तथा कार्यक्रम व्यवस्थित छ : मन्त्री दाहाल

नेपाल प्रफिट

२०८२ वैशाख २२, १४:५९

नीति तथा कार्यक्रम व्यवस्थित छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिसोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ साल वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको आर्थिक वर्ष २०८२-८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

छलफलमा भाग लिँदै सांसद गोपाल भट्टराईले आगामी वर्षको नीति तथा कार्यक्रम व्यवस्थित रहेको टिप्पणी गरे । ‘संविधान कार्यान्वयनका क्रममा देखिएको कमीकजोरी सच्याउने कुरा आएको छ ।

यो राम्रो पक्ष हो । संविधानको समीक्षा गर्ने बेला आएको छ,’ उनले भने, ‘विकासको परियोजना विभिन्न सरकारले घोषणा गरेका आयोजनाको समीक्षा गर्ने र सम्पन्न नहुने परियोजना खारेज हुने नीति आफैँमा राम्रो छ । रकम खर्च गरेर सम्पन्न नहुने परियोजना खारेज हुनुले दुरदृष्टि नीति दिइएको छ ।’भट्टराईले तीनै सरकारबीचको समन्वय गरिने नीति पनि दुरदृष्टि रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्