• Menu

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?  

नेपाल प्रफिट

२०८२ वैशाख २१, ११:४९

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको सुन एक लाख ८८ हजार १०० मा कारोबार  भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला चाँदी एक हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी एक हजार ९६५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारत-पाकिस्तान वैमनस्य तथा चीन-अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्