• Menu

सडक विभागद्वारा कर्णालीमा २ हजार २१८ किमी सडक निर्माण गर्ने लक्ष्य, ७७१ किमी मात्र कालोपत्र

नेपाल प्रफिट

२०८२ वैशाख १९, शुक्रबार १०:३७

सडक विभागद्वारा कर्णालीमा २ हजार २१८ किमी सडक निर्माण गर्ने लक्ष्य, ७७१ किमी मात्र कालोपत्र

सुर्खेत । कर्णालीका १० जिल्लामा संघीय सरकार मातहत रहेको सडक विभागमार्फत ७५ वटा सानाठूला सडकको काम भइरहेको छ । ठूला सडकदेखि मझौला सडक कर्णालीमा सडक डिभिजन तथा योजना कार्यालयहरूले निर्माण गरिरहेका छन् ।

दुई हजार २१८.२९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएकोमा हालसम्म ७७१.३६ किलोमिटर सडकमा कालोपत्र भएको छ भने २६४ किलोमिटर ग्राभेल भएको छ । कच्ची सडक ६७६.५ किलोमिटर निर्माण भएको कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए ।

चालु आर्थिक वर्षमा १३.२४ किलोमिटर सडक निर्माण जारी छ । प्रदेशभर ५४७.६४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । मध्यपहाडी राजमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोर, राप्ती लोकमार्गको कर्णाली भेगलगायत सानाठूला सडकमा रहेका सबै टुक्रे योजनालाई जोडिएको छ ।

थाचर-शीतल पकारी २१.९८ किलोमिटर, मुसिकोट चौरजहारी ३८.३५ किलोमिटर, चौरजहारी-कुदु २.६६, जाजरकोटको कुदुबाट थलहसम्म ५०.८६ किलोमिटर, थलहबाट बडावनसम्म १२.४६, वडावनबाट सुयाडासम्म २२.१७, सुयाडा-मनघाट ११.६४, मनघाट-सेस्तडा ६.४८, बेस्तडा-लोहरे १३.१७, लोहरे-दुईखम्बे ११.१८, दुईखम्बे-नारायण दैलेख o.५३, नारायण-रावतकोट १६.१५, रावतकोट-लैनचौर १३. ३०, लैनचौर-शाहीज्यूला ३३.१९, शाहीज्यूला-बेलकोट २.२५ र जलेखर्क-बागचौर १२.१६ किलोमिटर सडकमा काम भइरहेको छ ।

त्यसैगरी, शीतलपाटीबाट सल्यान खलंगा बजारसम्म ९.८३, खलंगा बजारबाट बालुवासङ्ग्रहीसम्म ३०.९३, सुर्खेतको बोटेचौरबाट धुलियाँविटसम्म ३८.९३, बडीचौरबाट गुटुबजारसम्म ३१.६२ किलोमिटर सडकमा काम भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

गुटुबजारबाट बिनीसम्म ६३.१० किलोमिटर, बिजेनेटा-काल्चे २५.२० किलोमिटर, काल्चे-बोटेचौर १४.२७ किलोमिटर र राम्री-शीतलपाटी ३७. ३६ किलोमिटर सडकमा काम भएको छ । शीतलपाटी-पटेलेचौर ४६.६६, पटेलचौर-खौउलापास ७.८४, खौउलापास-मुसिकोट ३१.४० किलोमिटर, सल्यानको थारमार्रेबाट रूकुमपश्चिमको चौरजहारीसम्म ४०.७५ किलोमिटर र चौरजहारीबाट चौरजहारी बजारसम्म २.५४ किलोमिटर सडकमा काम भइरहेको छ ।

त्यस्तै संघ सरकारमातहत सडक डिभिजन जुम्लाबाट करर्कार्ने बुरू भेडा सडकमा ७५.०६ किलोमिटर, बुरू भेडाबाट टोप्लासम्म १३.०३ किलोमिटर, टोप्ला-कुडारी २२.८८, रिमनाबजार-बुलबुले ३४.५९ किलोमिटर, इमा-जुइना ४२.२८ किलोमिटर सडक निर्माण गरिएको छ ।

छिन्चुबाट भेरी पुलसम्म १९.०४ किलोमिटर, बोटेचौरबाट रैकरसम्म ९.९४ किलोमिटर, रैकर-पुल बजार १५.०५ किलोमिटर, पुलबजारबाट जाजरकोटको छेडागाडसम्म २३.८८ किलोमिटर, छेडागाड-कालेगाउँ ३६.९९, कालेगाउँ-त्रिवेणी ६८.८१ किलोमिटर, त्रिवेणी-दुनै ४०.४३, दुनै-मरिम १२० किलोमिटर सडकमा पनि काम भइरहेको छ । हर्रेबाट छिन्चुसम्म ११.७५, छिन्चु-नेवारी खोला २५.४०, नेवारीखोला-बांगेसिमल ६.९९ र बांगेसिमल-बड्डीचौर २७.११ किलोमिटर सडक संघ सरकारकै माताहातमा रहेको छ ।

बडीचौरबाट काकाखोला गाउँसम्म १८.८९ किलोमिटर सडक रहेको छ । काकाखोला गाउँबाट साइनासम्म ६३.२८ किलोमिटर, बेलखेतबाट तिलेपाटासम्म २.६१ किलोमिटर, तिलोपाटाबाट सिराडीसम्म १८, सिराडी-खुलालु ४.१०, खुलालु-पातलीवडी ३६ किलोमिटर र बोल्डिक-धुलिया २० किलोमिटर सडक रहेको छ ।

धुलियाबाट सिमिकोटसम्म ८५ किलोमिटर, सिमिकोट-हिल्सा ९५, तेलपानी-बाङ्ग्रेसिमल २५ किलोमिटर सडक संघ सरकारकै माताहातमा छ । माथिल्लो डुगेश्वरबाट पुराइनीसम्म ७.६२, पुराइनी-ताराघाट २५.३४ किलोमिटर, ताराघाट-महाबुधाम ३५.९२ किलोमिटर, महाबुधाम-तलशेरा २०.९७ किलोमिटर छ ।

सुर्खेतबाट गुराँसे २३.५९ किलोमिटर, गुराँसे-बेलघारी ३२.५०, बेलघारी-दुईखम्बे ९दशमलव ६९ किलोमिटर सडक छ । दुई खम्बेबाट पाल्ला कालीमाटी ५.३७ र पाल्लो कालिमटीबाट वडारसम्म ३६.०४ किलोमिटर सडक संघ सरकारको मताहातमा छ ।

वडारी-भैँसीगोठ ३८.५३, नाग्मा-बुलबुले ६५.६७, बुलबुले-गमगढी २४.९७ किलोमिटर, गमगढी-नाक्चेलाग्ना ८९.५८ किलोमिटर सडक रहेको छ । दैलेखकको तल्लो डुर्गेश्वारबाट घियाटिडुसम्म २२.७० किलोमिटर, छेगतरा बजारबाठ पातीमेलासम्म ५४.१२ किलोमिटर, खुलालुबाट घोडेनासम्म २६.७७ किलोमिटर, घोडेनाबाट नाग्मासम्म ३९.७० किलोमिटर र नाग्माबाट जुम्ला खलङ्गासम्म ३२.१८ किलोमिटर सडक रहेको छ ।

यी सडकभित्र रहेको ७१७.३६ किलोमिटर कालोपत्र सडक विभागबाट प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा बुझाएको विवरणमा उल्लेख गरिएको छ । कर्णालीमा ५४७.६४ किलोमिटर कालोपत्र गर्ने योजना छ ।

दुर्गम जिल्लामध्ये सबैभन्दा बढी जाजरकोटमा कालोपत्र भएको पाइएको छ । हुम्लामा अहिलेसम्म कालोपत्र नै भएको छैन । त्यस्तै डोल्पामा दुई किलोमिटर मात्र कालोपत्र भएको छ । जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी राजमार्गलगायतमा बढी कालोपत्र भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर २८२ वटा प्रदेश राजमार्ग तथा प्रदेश सडक छन् । प्रदेश राजमार्ग मात्र १०३ वटा रहेका छन् भने प्रदेश सडक १७९ वटा छन् ।

प्रदेश राजमार्गको सञ्जाल दुई हजार ८७७.३६ किलोमिटर रहेको छ भने प्रदेश सडक सञ्जाल तीन हजार ८०.५१ किलोमिटर छ । मन्त्रालयको तथ्यांकअनुसार प्रदेश सरकार स्थापना भएदेखि हालसम्म जम्मा २३० किलोमिटर सडक कालोपत्र गर्ने काम भएको छ ।

यस्तै सात सय किलोमिटर खण्डस्मिथ सडक र तीन हजार किलोमिटर कच्ची सडक खनिएको छ । यस्तै चार दर्जनजति सडक पुल निर्माण भई कर्णाली प्रदेशका लाखौँ जनता लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म प्रदेशमा कुल तीन हजार ६३८.३७ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । तथ्यांकअनुसार ७९ वटा स्थानीय तह रहेको कर्णालीका तीनवटा स्थानीय तहमा सडक सञ्जाल पुगेको छैन ।

त्यस्तै, हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । छयालीस स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक नै बनेको छ । सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, रूकुमपश्चिम, सल्यानका सडकमा कालोपत्र बढी भएको छ ।

प्रतिक्रिया दिनुहोस्