• Menu

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न, १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा

नेपाल प्रफिट

२०८२ वैशाख १८, ११:४४

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न, १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा

पर्वत । जलजला गाउँपालिका-७ धाइरिङमा सञ्चालित लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।

उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।

आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्