काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । चौधरीलाई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरिएको हो ।
सादा पोशाकमा रहेका प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका छन् । बुधबार जनमत पार्टी र नाउपाबीचको पार्टी एकता घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।
टीकापुर घटनाका मुख्य आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए।
जनमत पार्टी र नाउपाबीचको एकता घोषणा कार्यक्रम प्रज्ञा भवनको हलमा तय गरिएको थियो । दुवै दलका नेता-कार्यकर्ताहरु कार्यक्रमस्थलमा उपस्थित भइसकेका थिए । रेशम चौधरीको पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ ।