• Menu

सुन तोलामा सात सयले घट्यो

नेपाल प्रफिट

२०८२ वैशाख १७, बुधबार ११:२०

सुन तोलामा सात सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० ले घटेको छ ।

मंगलबार प्रतितोला एक लाख ८८ हजार ८०० मा कारोबार भएको सुन आज एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्