• Menu

लुलाङ-गुर्जा भालुखोरिया खण्डमा ट्रयाक खुल्यो, सडक सञ्जालमा जोडिन ५ किमी मात्र बाँकी

नेपाल प्रफिट

२०८२ वैशाख १७, बुधबार ११:१४

लुलाङ-गुर्जा भालुखोरिया खण्डमा ट्रयाक खुल्यो, सडक सञ्जालमा जोडिन ५ किमी मात्र बाँकी

म्याग्दी ।  लुलाङ-गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।

धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली-लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ ।

लुलाङ-गुर्जा सडकका लागि संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई-दुई करोडका बजेट विनियोजन गरेकामा तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर ४०० मिटर सडक मार्ग निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्