शिवराज खनाल । गायक तथा मोडेल मधुसुदन ओली र गायिका माण्डवी त्रिपाठीको स्वर रहेको ‘तारा मागे तारा दिउँला’ बोलको गीत रिलिज भएको छ । ‘मधुसूदन ओली’ युट्युब च्यानलमार्फत मंगलबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।
लोकपप शैलीमा रहेको प्रेमिल गीतमा केटाकेटी दुवैले एकअर्कालाई धेरै माया गर्ने तर अर्को जुनीसम्म कुर्न नसक्ने कुरा व्यक्त गर्दै ‘अर्को जुनी बरु अरु कसैलाई देऊ तर यो जुनी चाहिँ मलाई नै हो’ भनेर प्रेम अभिव्यक्त गर्न खोजिएको छ ।
गीतको शब्द, संगीत, एरेन्ज तथा गायन राम्रो हुनुका साथै म्युजिक भिडियो पनि एकदमै उत्कृष्ट बनेको निर्माण टोलीको दाबी छ । गीतमा अहिलेकी चर्चित नायिका उषा उप्रेतीले साथ दिएकी छन् ।
भिडियोको निर्देशन गीतकार तथा संगीतकार विपिन आचार्यले गरेका छन् भने छायांकन र सम्पादन विजय रूम्बा लामाको रहेको छ । मेकअपमा सुजता थापामगरको साथ छ ।
गीतमा अहिलेकी चर्चित मोडल उप्रेती, पुरुष मोडलमा गायक ओली र गायक तथा मोडेलका दाइ गोविन्दकुमार ओलीको अभिनय छ । भिडियोको छायांकन काठमाडौंका विभिन्न ठाउँहरूमा विशेष गरी ह्वाइट गुम्बा अनि रानी वनमा रहेको रानीवन पार्कमा गरिएको हो ।
भिडियोले प्रेम कथा प्रस्तुत गरेको मोडल गोविन्द ओलीले बताए । उनले श्रोता र दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेको समेत बताए ।