काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार घटेको छ । नेप्से १५.०८ अंकले घटेर २६३१.०० बिन्दुमा ओर्लिएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि घटेको छ । सोमबार ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोड बराबरको किनबेच भयो ।
आज बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका २५३ कम्पनीमध्ये ५७ को मूल्य बढ्दा १८८ को घटेको छ । सबै उपसमूहहरुको सूचक नकारात्मक रहेका छन् । सबैभन्दा धेरै वित्त समूह १.२२ प्रतिशतले घटेको छ ।
त्यसैगरी, बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, जलविद्युत ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, लघुवित्त ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०.५१ र अन्य समूह ०.७५ प्रतिशतले घटेका छन् ।
बजारमा घटे पनि दुई लघुवित्त कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य आज १० प्रतिशतले बढेको छ ।
यसबाहेक, भूगोल इनर्जीको मूल्य ९ प्रतिशत, राधि विद्युत कम्पनीको ७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढेको छ ।
मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.८, ग्रिन डेभलपमेन्टको ७.७, सिन्धु विकास बैंकको ६.६ र ग्रिनलाइफ हाइड्रोपावरको मूल्य ४.५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर सबैभन्दा धेरै ८२ करोड ४३ लाख बराबरको कारोबार भयो ।