• Menu

धरानबाट चोरी भएको बस विराटनगरमा फेला, पार्टपुर्जा कवाडी गोदाममा

नेपाल प्रफिट

२०८२ वैशाख १६, १५:२९

धरानबाट चोरी भएको बस विराटनगरमा फेला, पार्टपुर्जा कवाडी गोदाममा

विराटनगर । सुनसरीको धरानबाट शुक्रबार चोरी भएको यात्रुबहाक बस चार दिनपछि विराटनगरमा फेला परेको छ । प्रदेश १-०२-००१ को ९७४९ नम्बरको उक्त बस पार्टपुर्जा निकालिएको अवस्थामा विराटनगर महानगरपालिका-१२ मंगलबारेमा भेटिएको हो ।

बसका मालिक हरेन्द्र चेम्जोङले आफ्नो सवारी साधन चार दिनपछि क्षतविक्षत अवस्थामा फेला पारेका छन् । प्रहरीले अनुसन्धानलाई तीव्रता दिँदै बसका विभिन्न पार्टपुर्जाहरू विराटनगर-६ मा गीतादेवी साहले सञ्चालन गरेको एक कवाडी गोदाममा बरामद गरेको छ ।

सीसीटिभी फुटेजमा बस शुक्रबार पूर्वपश्चिम राजमार्ग हुँदै विराटनगरतर्फ गएको देखिए पनि त्यसपछि बस कहाँ पुग्यो भन्ने रहस्य बनेको थियो । मंगलबार स्थानीयले मंगलबारेमा बेवारिसे अवस्थामा बस देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पहाडी रुटमा चल्ने बसमा सिद्धदेवी यातायात र याक्थुङ यातायातको नाम अंकित छ । प्रहरीले बस चोरीमा संलग्न गिरोहको पहिचान गरी पक्राउ गर्न विशेष टोली परिचालन गरेको जनाएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्