काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० ले बढेको छ ।
सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज ५०० ले बढेर एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।