काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ५.९८ अंकले वृद्धि भएर २६६४.०१ विन्दुमा पुगेको छ ।
आइतबार कारोबारमा आएका १३ वटा समूह मध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको घटेको छ ।
आज कारोबार रकम उल्लेख्य वृद्धि देखिएको छ । बिहीबार ७ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार कारोबार रकम बढेर १० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यस दिन ३१४ वटा धितोपत्रको दुई करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच भएको छ।
आइतबार १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
लगानी समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक १.०७ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घट्यो भने नारायणी डेभलपमेन्ट बैंकको ५.५० घटेको छ ।
आइतबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ ।