• Menu

सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस् : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८२ वैशाख १४, १६:३०

सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आमा पृथ्वीको प्रत्यक्षस्वरुपका रूपमा भएकाले आमाप्रति सबैको समर्पण र कृतज्ञता प्रगाढ हुनुपर्ने धारणा राखेका छन् ।

आइतबार मातातीर्थ औँसीका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् भनेर शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा सबै आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफूले चार वर्षको उमेरमा आमा गुमाउनु परेकाले आमाको अनुहार त्यति स्पष्ट नभएको उल्लेख गरेका छन् ।

‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ । मेरा लागि जन्मभूमि नै आमाको प्रतिरुप बन्नुभयो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । आमाको मुहार धमिलो सम्झना आइरहेछ ।’

प्रतिक्रिया दिनुहोस्