• Menu

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते

नेपाल प्रफिट

२०८२ वैशाख १४, १३:४३

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका शिक्षक र प्रहरीबीच झडप भएको छ । झडपमा परी १५ जना शिक्षक घाइते भएका छन् ।

बिजुलीबजारमा भेला भएर प्रदर्शन गरिरहेका शिक्षकहरूलाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो ।

आन्दोलनका क्रममा घाइते भएका शिक्षकहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राखेका छन् ।

यसअघि पनि शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्