• Menu

सामान्य अंकले बढ्यो नेप्से, ७ अर्ब ८७ करोडको कारोबार

नेपाल प्रफिट

२०८२ वैशाख ११, १५:५३

सामान्य अंकले बढ्यो नेप्से, ७ अर्ब ८७ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेर बन्द भएको छ।

आज १३ वटा समूह मध्ये ४ समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको घटेको छ । लगानी समूहको सर्वाधिक २.३२ प्रतिशतले बढेको छ भने व्यापार समूहको २.१ प्रतिशतले बढेको छ । हाइड्रोपावर ०.२२ र बैंकिङ समूह ०.०३ प्रतिशतले बढ्यो ।

बुधबार ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ७ अर्ब ८७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज ३०८ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयरको कारोबार भएको छ ।

आज ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । त्यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ। आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्सको मूल्य ६.८८ र गुराँस लघुवित्तको ५.४१ प्रतिशतले घट्यो ।

कारोबार रकमको आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको ७० करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्