• Menu

डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपाल प्रफिट

२०८२ वैशाख १०, बुधबार १२:५९

डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

डोटी । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्