काठमाडौं । नेपाली बजारमा बुधबार एकैदिनमा सुनको मूल्य प्रतितोला ७ हजार ५ सयले घटेको छ। लगातार रेकर्ड कायम गरिरहेको सुनको भाउ आज घटेको हो ।
मंगलबार हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९० हजार ४ सयमा झरेको छ ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ६५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ७० मा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ ले घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।