• Menu

सेयर बजार लगातार तेस्रो दिन घट्यो

नेपाल प्रफिट

२०८२ वैशाख ९, १५:४६

सेयर बजार लगातार तेस्रो दिन घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९.९६ अंकले घटेर २६८८ अंकमा झरेको छ । यो गिरावटसँगै बजारले लगातार तीन कारोबार दिनदेखि ओरालो लागेको हो ।

आज कारोबार अवधिमा नेप्सेले सुरुवाती बढोत्तरी देखाए पनि त्यो टिकेन सकेन । बजार खुलेको १३ मिनेटमै नेप्से २७०७ अंकको बिन्दुसम्म पुगेको थियो ।

सोमबार ८ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज ८६ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६० वटा कम्पनीको मूल्यमा घटेको छ । एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। अन्य समूहमा सबैभन्दा उल्लेखनीय २.२१ प्रतिशतको बढेको छ ।

त्यस्तै, होटल तथा पर्यटन ०.७९ र उत्पादन १.१८ प्रतिशतले बढेको छ । यी समूहहरू बाहेक अन्य सबै सूचकहरूमा भने गिरावट आएको छ । लगानी समूहमा सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेको छ।

बैंकिङ समूह ०.७३, विकास बैंक १.६१, वित्त कम्पनी ०.३५, जलविद्युत ०.६७, जीवन बीमा ०.२४, लघुवित्त ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार समूह १.६५ प्रतिशतले घटेका छन् ।

आज दुई कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको मूल्य ७.४७ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावरको ५.३० प्रतिशत र नेपाल पुनर्बीमाको ४.८३ प्रतिशतले बढेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । ङादी ग्रुपको ३.८८ प्रतिशत र एचआईडीसीएलको ३.७९ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा क्रमशः ङादी ग्रुप, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्