काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको भाउ आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यसअघि, हिजो (सोमबार) पनि सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, आज उक्त रेकर्डलाई तोड्दै सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । यो वृद्धि हालसम्मकै सर्वाधिक हो ।
त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ थियो। यसरी, चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँको वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३ हजार ४ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भएको यो भारी वृद्धिले उपभोक्तालाई थप निराश बनाएको छ ।