काठमाडौं । सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबारको तुलनामा ७.७५ अंकले ओरालो लागेपछि नेप्से २६९८ अंकमा झरेको हो । बजार खुलेपछि केही समय बढेर २७१६ अंकसम्म पुगे पनि यो लय कायम रहन सकेन ।
नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । आइतबार ८ अर्ब ४३ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
सोमबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखिएको छ । बैंकिङ समूह ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११ प्रतिशत, निर्जीवन बीमा ०.१५, १.५२ र अन्य समूह १ प्रतिशतले घटेका छन् ।
त्यस्तै, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.०६, जलविद्युत ०.७७, लगानी ०.१७ प्रतिशत र उत्पादन समूह ०.०३ प्रतिशतले बढेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्यमा लगातार वृद्धि देखिएको छ । सोमबार पनि यी दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८ प्रतिशत, युनिभर्सल पावरको ९.८० प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशतले मूल्य बढेको छ ।
सोमबार सबैभन्दा धेरै मूल्य घट्नेमा एसबीआई बैंक रहेको छ, जसको मूल्य ४.१७ प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्तको ४.०२ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशतले मूल्य घटेको छ।
आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा ङादी ग्रुप पावर, युनिभर्सल पावर, एचआईडीसीएल, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।