काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई सिंहदरबारबाटै नियन्त्रणमा लिएको हो ।
पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई रोक्ने प्रयास असफल भएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको हो । लिङ्देनसहितका केही नेताले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेको बुझिएको छ ।
उनीहरुका साथबाट प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको छ । अन्य नेताहरूले भने बिजुलीबजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् ।