• Menu

ग्लोबल आइएमई बैंकको नाफामा ३७ प्रतिशतको वृद्धि

नेपाल प्रफिट

२०८२ वैशाख ७, १३:३७

ग्लोबल आइएमई बैंकको नाफामा ३७ प्रतिशतको वृद्धि

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले धेरै हो । गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख खुद नाफा कमाएको थियो ।

वित्तीय विवरणअनुसार बैंकको इम्पेयरमेन्ट चार्ज ५ अर्ब २६ करोड ४६ लाख रुपैयाँ घटेर समीक्षा अवधिमा ३ अर्ब ११ करोड भएको छ ।

बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी नौ महिनाको अवधिमा ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँमा झरेको हो । बैंकको सञ्चालन नाफा भने ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाखा रुपैयाँ पुगेको छ । त्यस्तै वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड ९२ लाख छ ।

चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले कर्जा तथा निक्षेप दुवैमा उल्लेख्य प्रगति गरेको छ । बैंकको निक्षेप ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख पुगेको छ भने ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

खुद नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ । त्यस्तै बैंकको प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्