• Menu

तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड

नेपाल प्रफिट

२०८२ वैशाख ७, १३:११

तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । हालै प्रकाशित वित्तीय विवरणअनुसार बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.१७ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ३१ लाख नाफा गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाखमा झरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २० करोड रुपैयाँ थियो । कम्पनीको सञ्चालन नाफा पनि २ अर्ब ६७ करोड ४६ लाखबाट घटेर २ अर्ब ५९ करोडमा झरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने बढेको छ । बैंकको वितरणयोग्य नाफा समीक्षा अवधिमा १ अर्ब १२ करोड ८६ लाखबाट बढेर १ अर्ब ९१ करोड पुगेको हो । त्यस्तै खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ ।

बैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड छ भने जगेडा कोषमा १५ अर्ब ४९ करोड रुपैयाँ सञ्चित छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी ११.४७ रुपैयाँ छ भने प्रतिसेयर खुद मूल्य २१७.७३ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्