• Menu

सिटिजन्स बैंकले नौ महिनामा कमायो ९६ करोड खुद नाफा

नेपाल प्रफिट

२०८२ वैशाख ७, १३:०२

सिटिजन्स बैंकले नौ महिनामा कमायो ९६ करोड खुद नाफा

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको नौ महिनामा ९६ करोड १८ लाख ९३ हजार खुद नाफा कमाएको छ ।

बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा २०.५९ प्रतिशतले कम हो । गत वर्ष तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब २१ करोड रुपैयाँ कमाएको थियो । कम्पनीको खुद ब्याज अम्दानी भने ४ अर्ब २५ करोड ६० लाख रुपैयाँबाट बढेर ४ अर्ब ७४ करोड ८९ लाख पुगेको छ ।

कम्पनीको सञ्चालन नाफा २८ प्रतिशतले घटेका कारण खुद नाफा प्रभावित भएको छ । नौ महिनामा बैंकको सञ्चालन नाफा १ अर्ब ८६ करोडबाट घटेर १ अर्ब ३३ करोडमा झरेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी ३ अर्ब ८१ करोड छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ छ ।

हाल बैंकको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख छ भने जगेडा कोषमा ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । बैंकको खराब कर्जा बढेर ५.७१ प्रतिशत पुगेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्