काठमाडौं । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको छ । उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीलाई लक्षित गरी एकै छानामुनि आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको शुभयात्राले बानेश्वरमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स, जुत्ता, ब्यागेज, स्टेसनरीलगायतका विभिन्न सामान उपलब्ध छ ।
विदेशमा उच्च शिक्षाका लागि जान लागेका विद्यार्थीको सामान पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीले सफारी, गोल्डस्टार जुत्ता तथा ३६५, एलभीडी लगायतका अन्य सामान पनि आउटलेटमा राखेको छ ।
नयाँ आउटलेट शुभारम्भका अवसरमा कम्पनीले स्पिनिङ ह्विलमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको अध्यक्ष खनालले जानकारी दिए । उनका अनुसार यो अफर एक साताका लागि मात्र मान्य हुनेछ ।
अढाई वर्षदेखि काठमाडौंको पुतलीसडकमा सञ्चालन हुँदै आएको शुभयात्रा कलेक्सनको यो दोस्रो शाखा हो । विद्यार्थीको मागलाई लक्षित गर्दै कम्पनीले अन्य स्थानमा पनि शाखा सञ्चालन गर्ने बताएको छ ।