• Menu

सुनको मूल्य प्रतितोला ८ सय घट्यो, चाँदीको स्थिर

नेपाल प्रफिट

२०८२ वैशाख ५, शुक्रबार ११:३३

सुनको मूल्य प्रतितोला ८ सय घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९० हजार ६ सयमा कारोबार भएको सुन आज तोलामा ८ सयले घटेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ६ सय कायम गरेको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ६० मा किनबेच हुने महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्