• Menu

हेटौंडा सिमेन्ट उद्योगबाट दैनिक ६०० क्विन्टल उत्पादन गर्ने लक्ष्य

नेपाल प्रफिट

२०८२ वैशाख ५, शुक्रबार १०:५४

हेटौंडा सिमेन्ट उद्योगबाट दैनिक ६०० क्विन्टल उत्पादन गर्ने लक्ष्य

मकवापुर । हेटौंडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुंगा तयार पार्न प्रारम्भ भएको छ ।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । २०३३ सालमा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल विद्युत प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्