काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । नेप्सेमा सूचीकृत व्यापार बाहेक सबै उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको हो ।
आज ५९ कम्पनीको सेयर मूल्य घटेको छ भने १८७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बिहीबार कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब २६ करोडको कारोबार भएकामा आज १० अर्ब ७९ करोड ७३ लाखको कारोबार भयो ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको छ ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट ६.८२, सुपर मादी हाइड्रोपावर ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंक ५.८४ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५.६५ प्रतिशत मूल्य बढ्यो । लगानी समुहको सबैभन्दा धेरै २.९९ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै, विकास बैंक १.३५, निर्जीवनबीमा ०.९६, जीवनबीमा ०.८४, म्युचुअसमुह ल फन्डको ०.६२, हाइड्रोपावर १.१३, बैंकिङ १.१४, लघुवित्त ०.६३, उत्पादन तथा प्रशोधन ०.०५, होटल तथा पर्यटन ०.३९, वित्त समुह ०.७२ र अन्य ०.३७ प्रतिशत मूल्य बढ्यो । व्यापार समुह ०.१५ प्रतिशत मूल्य घट्यो । बोटलर्स नेपालको ४.४६, बलेफी हाइड्रोपावरको ३.२३, गुराँस लघुवित्त वित्तीय संस्थाको ३.२० र दिव्यश्वरी हाइड्रोपावरको २.२३ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनरको सबैभन्दा धेरै १ अर्ब ५८ करोड २५ लाख बारबरको कारोबार भयो ।