• Menu

हनुमान् जयन्ती विवादपछि वीरगन्ज शान्त, प्रतिबन्ध हट्ने

नेपाल प्रफिट

२०८२ वैशाख ४, ११:४२

हनुमान् जयन्ती विवादपछि वीरगन्ज शान्त, प्रतिबन्ध हट्ने

पर्सा । वीरगन्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीचको विवादले गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ ।

वीरगन्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो ।

बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगन्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक संघसंस्था, वीरगन्ज उद्योग वाणिज्य संघलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्तिसुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गरेका सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

वीरगन्जलाई गत चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उनले गत सोमबारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्